काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारबारे भोलि (आइतबार) टुङ्गो लगाउने भएको छ ।
शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए ।
एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको बताए । उनले भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।