• बैशाख २६ २०८३, शनिबार

परमादेशले एमालेलाई पनि न्याय दिएको छ- प्रधानमन्त्री देउवा

आश्विन १ २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संसद् पुनर्स्थापना भएकै कारण प्रतिपक्षी एमालेसँग काम गर्न पाइएको बताएका छन् । यसरी आएको संसद्ले एमालेलाई पनि न्याय मिलेको देउवाले बताएका हुन् ।

‘प्रतिपक्षी दलको नेताले परामदेशको सरकार भन्नु हुन्छ। संसद् नै परमादेशबाट आएकोले हामी यहाँ छौं । हामीसँगै काम गर्ने अवसर पाएका छौं । परमादेश नभएको भए सँगै बसेर काम गर्न पाउने थिएनौं,’ देउवाले भने, ‘परमादेशले भेट गर्ने मौका दिएको छ । यहाँहरुलाई पनि न्याय दिएको महसुस गरेको छु ।’