काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा मौसमी कुरा उपयुक्त नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् ।
उनले भने, ‘अहिलेका वर्तमान प्रतिपक्ष दलको नेताले पहिले बोल्नुपर्छ भनेर वेल घेर्नुभएको थियो। आन्दोलन नै गर्नु नै भएको थियो। आन्दोलनबाट स्थापित कुरा किन छाड्नुभयो?’
आफूले उक्त कुरा पछ्याउन नचाहेको बताउँदै राजनीतिमा मौसमी कुरा उपयुक्त नहुने बताए।
उनले आफूले यसअघि गरेको प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरे। उनले प्रतिप्रश्न गरे, ‘अहिले फेरि चुनावमा जाँदैछौं। यो प्रतिगमन हो। परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन हो।’