• बैशाख २६ २०८३, शनिबार

ढुंगालाई पुज्ने र मानिसलाई लात हान्ने धार्मिक संस्कार अब बदल्नु पर्छ: प्रचण्ड

आश्विन १ २०७९, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् ।

शनिबार पार्टी कार्यालयमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढुंगालाई पुज्ने र मानिसलाई लात्ति हान्ने धार्मिक संस्कार बदल्नुपर्ने बताएका छन् ।

उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए ।

उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ । अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठुलो गर्न लागेको होइन । हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है ।’