• बैशाख २६ २०८३, शनिबार

शेखर समूहको बैठक जारी, सिट बाँडफाँटबारे छलफल हुँदै

आश्विन १ २०७९, शनिबार

काठमाडौं । सत्ता गठबन्धनभित्र भइरहेको सिट बाँडफाँटप्रति असन्तुष्ट जनाउँदै नेपाली काँग्रेसको असन्तुष्ट पक्ष शेखर कोइराला समूहको बैठक बसिरहेको छ ।

बैठक शनिबार बिहानैदेखि काठमाडौंको एउटा होटलमा चलिरहेको छ। आफनो पक्षका नेताहरुको अधिकांश क्षेत्र सिट बाँडफाँट गरेर अन्य पार्टीलाई दिएको भन्दै संस्थापन पक्षको आलोचना भएको छ।

संस्थापन इतर पक्षका नेता तथा मन्त्री दिलेन्द्र प्रसाद बडूले जारी छलफलमा संस्थापन पक्षसँग प्रष्ट रुपमा एकचोटी कुरा राख्नुपर्ने, ४० प्रतिशत सिट आफूहरुको समूहलाई दिनुपर्ने लगायतका विषयमा छलफल भइरहेको जानकारी दिए।