• बैशाख २६ २०८३, शनिबार

नेकपा एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सूचीबारे छलफल हुने

आश्विन १ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने बताइएको छ। बैठक आज अपराह्न चार बजे बस्ने छ।

बैठकमा आगामी निर्वाचनका लागि तयार हुने समानुपातिक सूचीबारे छलफल हुनेछ। निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक सूची बुझाउन दलहरुलाई समय दिएको छ।