काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरुसँग महाअभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।
समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए ।
‘समितिको बैठक जारी छ उहाँले नाम लिनुभएकाहरुसँग बयान लिने निर्णय समितिले गरेको छ,’ गौतमले भने । उनीहरुलाई बुधबार बोलाउने समितिको तयारी छ ।