• बैशाख २६ २०८३, शनिबार

एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जान्छ  : ओली

भाद्र २७ २०७९, सोमबार

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने घोषणा गरेका छन्।

नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत् जनसभामा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले  कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् ।

एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने बताउदै आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन पनि दिए।