• बैशाख २६ २०८३, शनिबार

नेपाली र चिनियाँ सभामुख बीच संसद भवनमा वार्ता हुँदै

भाद्र २७ २०७९, सोमबार

 

काठमाडौं। नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं आइपुगेलगत्तै द्विपक्षीय भेटका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लीलाई सभामुख सापकोटाले स्वागत गरेका छन् ।

दिउँसो ३ बजे काठमाडौं ओर्लिएलगत्तै होलट सोल्टी पुगेर केही समय आराम गरेका लीले औपचारिक भेटघाट सुरू गरेका छन् । संसद भवनको तिलिचो भवनमा सापकोटा र लीबीच भेट भएको छ ।

शिष्टाचार भेट सकिएसँगै चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच द्विपक्षीय भेट सुरु भएको छ । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान–प्रदानलगायत सम्झौतामा हुने जनाइएको छ ।