काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ आइपुगेको छ । ६७ जनाको
टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।
लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संस्द भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै उनको सम्मानमा सोल्टी होटलमा डिनर राखिएको छ ।
नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।