• जेष्ठ ३ २०८३, आईतवार

बालाजु क्षेत्रका अनधिकृत संरचनामाथी चल्यो महानगरको डोजर

भाद्र २७ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बाक्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत् भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।