• मंसिर १३ २०८१, बिहीबार

वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि

भाद्र २६ २०७९, आईतवार

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ।

ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो । दुवै परीक्षणका क्रममा पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि देखिएको हो।

संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा समेत गएनन्। पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन्।