• जेष्ठ ३ २०८३, आईतवार

अनुसन्धान विभागका ५ एसएसपी डीआईजीमा बढुवा

भाद्र २६ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।

विभागका ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भीमबहादुर बुढाथोकी डीआईजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएका हुन् ।

बढुवा भएका चार जनालाई नै प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदेश नम्बर १मा कृष्ण खनाल, रामप्रसाद दाहाललाई कर्णाली तथा प्रजेशसिंह हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ भने सुदुरपश्चिममा ओम खड्कालाई जिम्मेवारी दिइएको छ ।

प्रजेशसिंह बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ।