• जेष्ठ ३ २०८३, आईतवार

३० वर्षे युवा र कुखुरा खान पल्केको चितुवाबीच पर्यो भिडन्त, मर्यो चितुवा

भाद्र २६ २०७९, आईतवार

काठमाडौं । गुल्मीमा चितुवाको आमणबाट एक युवक घाइते भएका छन् । चितुवा आक्रमण गर्न आएपछि उनले चितुवामाथि प्रत्याक्रमण गरेका थिए ।

चितुवाको आक्रमणबाट रेसुंगा नगरपालिका–६, निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा कुखुरा हेर्न जाने क्रममा चितुवाले कुँवरमाथि आक्रमण गरेको थियो । त्यसपछि उनले प्रत्याक्रमण गरेका थिए । त्यो क्रम केही बेर चलेको जनाइएको छ । चितुवाको आक्रमणबाट कुँवरको हात र खुट्टामा चोट लागेको छ ।

कुँवरले प्रतिरक्षाका लागि गरेको प्रत्याक्रमणबाट चितुवा मरेको छ । घाइेत कुँवरकोे तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पाच्यले जानकारी दिए ।

चितुवाले कुँवरको फार्मका साना–ठूला गरी ६१ कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।