• बैशाख २६ २०८३, शनिबार

सिट बाँडफाँटमा गठबन्धन दलहरू सहमति नजिक,भोलि फेरि बैठक बस्दै

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा बसेको कार्यदलको बैठकबाट गठबन्धन दलहरू सहमति नजिक पुगेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताए । उनले अन्तिम टु‌ंगोमा पुर्‍याउन भने बाँकी रहेको बताउँदै छलफल भोलि पनि जारी रहने बताएका हुन् ।

आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले भने, ‘हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । यिनै विषयमा छलफल भएको छ । भोलि पनि बैठक जारी रहनेछ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छौँ ।’

बैठक भोलि बिहान साढे ८ बजे पुन: बस्ने बताइएको छ ।