काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी राहत सामाग्री लिएर दार्चुलातर्फ उडेका छन् ।
बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली दार्चुला पुगेका हुन् ।
दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको दार्चुला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीपहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । यस्तै ८ जना घाइते रहेका छन्, घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको खलंगा अस्पतालमा उपचार भैरहेको छ।