• बैशाख २६ २०८३, शनिबार

नागरिकता विधेयक विरुद्धको जुलुसमा सहभागी हुन ५ कम्युनिस्ट घटकको अपील

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता विधेयक खारेजीको माग गर्दै विरोधस्वरुप विभिन्न कार्यक्रमहरु गर्दैआएका नेपालमा कम्इुनिस्ट घटकहरुले भोली फेरि थप विरोधका कार्यक्रम गर्ने भएका छन् ।

ती पार्टीहरुले आज संयुक्त अपील गर्दै सो विरोध सभामा सबै देशभक्त जनताहरुलाई सहभागी हुन अपील गरेका छन् । ती कम्युनिस्ट घटकहरुमध्येको एक घटक संयुक्त क्रान्तिकारी मोर्चाका संयोजक नारायण शर्माले २६ गतेको सो विरोध जुलसमा सहभागी हुन सबै देशप्रेमी शक्तिहरुलाई आह्वान गरेका छन् ।

‘भोलि २६ गते हुने यो कार्यक्रममा सहकार्यमा रहेका घटकहरु सबैले अत्यधिक जनसहभागिता गराउने कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा सचेत र जिम्मेवार देशभक्त नेपाली नागरिकका नाताले अनि यस राष्ट्रघाती नागरिकता विधेयक विरोधी अभियन्ताका हैसियतले राष्ट्रिय स्वाधीनता र स्वत्व–अस्तित्व जोगाउने यस ऐतिहासिक महत्वको सन्दर्भमा उल्लेखनीय योगदान गर्नुहुन विशेष अनुरोध छु ।’ शर्माले आग्रह गरेका छन् ।

सूचना जारी गर्दै शर्माले भनेका छन् । गठबन्धन सरकारले विदेशीलाई नेपाली नागरिकता दिएर नेपालीको अस्तित्व नामेट पार्न खोजेको भन्दै नेपालका देशभक्तहरुले सो विधेयक खारेजीको माग गर्दै र विरोध गर्दै आएका छन् ।