• जेष्ठ ३ २०८३, आईतवार

नेपालले बेलायतकी महारानी एलिजावेथको निधनमा ३ दिन शोक मनाउने

भाद्र २४ २०७९, शुक्रबार

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

२०७९ भदौ २५ देखि २७ गतेसम्म महारानीको सम्मानमा तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।