• बैशाख २६ २०८३, शनिबार

रुपन्देहीलाई देशकै शैक्षिक केन्द्र बनाउछौँ : विष्णु पौडेल

भाद्र २४ २०७९, शुक्रबार

रुपन्देही।   नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीलाई देशकै शैक्षिक केन्द्र बनाउने  बताएका छन् ।

बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा नेता पौडेलले विकासमा निकै अगाडी रहेको रुपन्देही नमूना बनेको उल्लेख गर्दै भौतिक र पूर्वाधार विकासका हिसाबले अगाडी रहेकोे बताए ।

मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडी बढाउने गरी काम भइरहेको उनले बताउदै शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाए ।