• बैशाख २६ २०८३, शनिबार

अहिलेका कांग्रेस नेता-कार्यकर्तामा वीपीको एउटा पनि गुण छैन : पूर्वराष्ट्रपति यादव

भाद्र २३ २०७९, बिहीबार

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको वीपी साहित्य एवम् वीपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए ।

‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उनले भने, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा वीपीको एक गुण पनि नरहेको उनले बताए ।

भन्छन्, कांग्रेसीमा त हुनैपर्ने हो, हामी कोहीमा छैन ।’ वीपीको जेल डायरी, वीपीको आत्मवृतान्त, राजनीतिबारे वीपीले बोलेका विषयहरु पढ्नले फुर्सद कांग्रेसीलाई नरहेको उनले बताए ।