काठमाडौं । नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचनको घोषणा पत्र तयार पार्ने जिम्मेवारी दिइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समिति संयोजक मनोनीत गरेको बताए।