• बैशाख २६ २०८३, शनिबार

अर्थमन्त्री शर्मा फिलिपिन्स भ्रमणमा जाँदै

भाद्र २२ २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्स भ्रमणमा जाने भएका छन् ।

फिलिपिन्समा आगामी असोज १० गतेदेखि १४ गतेसम्म हुने एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नसको ५५ औँ वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिपिन्स जाने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मंगलबार मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।