काठमाडौं । नेवाः समुदायको भावनामा ठेस पुर्याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको हो ।
१२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । तर, उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ ।
नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ ।