काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले संसद्को आयु लम्ब्याउने व्यवस्था गर्दा सार्वजनिक रुपमा सांसदको लोगो लगाएर हिँड्दा लज्जित हुनुपर्ने अवस्था आउको बताएकी छिन् ।
‘नयाँ निर्वाचित भएर सांसद आइसक्दासम्म पनि सांसद भनेर लोगो लगाएर हिड्नुपर्ने अवस्था कसरी हुनसक्छ?’ उनको प्रश्न, ‘जनताले नयाँ निर्वाचित गराउँदा कसरी सांसदको लोगो लगाएर हिँड्न सकिन्छ?’
प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा संशोधन दर्ता गर्दै उनले नयाँ सांसद आउन्जेल पुरानालाई काम गर्ने कुराले लज्जित बनाएको बताइन्।