काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले दुई खाले संसद खडा गर्न खोजेको आरोप लगाएका छन् । उनले अहिले भएको ऐन संशोधन गर्नुपर्नेमा गलत काम गरेको दाबी गरे ।
चुनावको घोषणासँगै कार्यकाल सकिनुपर्नेमा नसकिएको उनको भनाइ छ। उनले मंसिर ५ गते परिणाम आयो भने एउटा जितेको सांसद हुने र अर्को हारेको तर, लोगो उसैसँग हुने बताए।
‘दुईखाले सांसद खडा गर्ने प्रयास गरिएको छ। एमालेले त्यसलाई मान्यता दिँदैन। नोमिनेसनको अघिल्लो दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त हुनुपर्छ’, भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष दलको पनि सर्मथनमा ल्याएको भनिएको सुनियो। तर, म समेत उपस्थित बैठकमा राखेको प्रस्तावमा सर्मथन छैन भनेको थिएँ। प्रतिनिधि सभाको कार्यकालका बारेमा राखिएको प्रस्तावमा गम्भीर आपत्ति छ।’