(१)
वर्षातहरुमा तिमी राम्री छौ ।
नदीहरुमा तिमी पवित्र छौ ।।
आकाशहरुमा तिमी उदार छौ ।
पृथ्वीमा तिमी शालीन छौ ।।
(२)
निर्दोष छन् ती विताईक्रम ।
पवित्र छन् ती सुस्ताईक्रम ।।
हावाहरुमा तिमी शितल ।
प्रकृतिमा तिमी भाव विहल ।।
(३)
नदीहरुमा तिमी झंकार ।
फूलहरुमा तिमी अलङ्कार ।।
सुन्दरले सँधै बहलाउन् ।
तिमी बग्दछौं पृथ्वी सजाउन ।।
(जन्मस्थानः वीरगञ्ज । हालः कोपण्डोल ल.पु)