• जेष्ठ २ २०८३, शनिबार

डोलेश्वर दर्शन गरेर फर्किएका तिर्थालुको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

श्रावण २३ २०७९, सोमबार

भक्तपुर । डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएका हुन् ।