काठमाडौं । आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का अधिकांश स्थानमा सामान्य बदली रहेको छ भने यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । हिमाली, उच्च पहाडी र पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती बागमती र प्रदेश १ का थोरै साथनमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।