• जेष्ठ २ २०८३, शनिबार

मोटरसाइकलको पछाडि बस्नेले हेलमेट लगाउने नियम कार्यान्वयन गर्न माग

श्रावण २२ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम अविलम्ब कार्यान्यन गराउन सरकारसँग आग्रह गरेकी छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बाेल्दै यादवले पछाडि बस्नेले हेलमेट लगाउने नियमको पक्षमा वकालत गरेकी हुन् ।

‘सुरक्षा प्रयोजनको लागि मोटरसाइकलको पछाडि बस्नेले हेलमेट प्रयोग गर्ने नियम बनिसकेको हो, आजसम्म लागू हुन सकेको छैन’ यादवले भनिन्, ‘पछाडि बस्ने यात्रुको सुरक्षाको लागि हेलमेट लगाउने निर्णय कार्यान्वयनका लागि अविलन्ब निर्देशन हुनुपर्छ । त्यसो भएमा दुर्घटनाबाट मान्छे बच्छ ।’