• जेष्ठ २ २०८३, शनिबार

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशकको माग, यस्तो छ योग्यता

श्रावण २२ २०७९, आईतवार

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनाेट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले भदौ ४ गतेभित्र परराष्ट्र मन्त्रालायको सामान्य प्रशासन महाशाखा सिंहदरबारमा गोप्य सिलबन्दी आवेदन दिन सक्नेछन् ।

६० वर्ष उमेर ननाघेको, मान्यताप्राप्त शिक्षण स्रस्थाबाट स्नातकोत्तर गरेको, अन्तराष्ट्रिय कानुन, कुटनीति वा आर्थिक कुटनीतिक क्षेत्रमा कम्तीमा दस वर्ष काम गरेको तथा उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।