• बैशाख २६ २०८३, शनिबार

सिके राउतको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता

श्रावण २२ २०७९, आईतवार

काठमाडौं ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि सिके राउतको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ ।

निर्वाचन आयोगले आजबाट दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ता खुलेसँगै सिके राउतले निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गरेका हुन् । यसअघि जनमत पार्टी स्थानीय निर्वाचनमा पनि भाग लिएको थियो ।

पार्टी उपाध्यक्ष ई। बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।