• बैशाख २६ २०८३, शनिबार

३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै विप्लव नेकपाको प्रदर्शन

श्रावण २१ २०७९, शनिबार

काठमाडाैं  ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

आफ्नो पार्टीसंग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने मागसहित साेही पार्टीलगायत साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।