• बैशाख २६ २०८३, शनिबार

चिनियाँ विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा परराष्ट्रमन्त्री नारायण खड्का तीन दिन चीन भ्रमणमा जाने भएका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्री खड्काको चीन भ्रमणबारे जानकारी गराएको हो। परराष्ट्रमन्त्री खड्काले साउन २४ देखि साउन २६ सम्म चीन भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।