काठमाडौं । श्रीलंकामा नयाँ प्रधानमन्त्री चुनिएका छन् । ७३ वर्षका वरिष्ठ सांसद गुणवर्दन नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
उनले राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग शपथ पनि लिएको खबरमा उल्लेख छ । उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बन्न सफल भएका छन् । गुणवर्दन यसअघि गृह र शिक्षामन्त्री भैसकेका छन् ।
गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनलाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए ।
उनी पूर्वराष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन् ।