• फाल्गुन २६ २०८२, मंगलवार

अब यि १० देश टाट पल्टने सूचीमा

श्रावण १ २०७९, आईतवार

काठमाडौं । वैदेशिक ऋण चुक्ता गर्ने वैदेशिक मुद्रा नभएपछि श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरेको थियो। यसरी टाट पल्टिने श्रीलंका पहिलो मुलुक होइन र अन्तिम पनि होइन।

यसअघि अर्जेन्टिना २००० देखि २०२० सम्मको अवधिमा दुई पटक टाट पल्टिएको छ भने २०१२ मा ग्रिस, १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर टाट पल्टिएका थिए।

रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले संकटसँग जुधिरहेका छन्।

अहिले विश्वव्यापी आर्थिक संकट देखिएको छ। जुन देश वैदेशिक ऋण तिर्न असक्षम हुन्छन् ती देश आफूलाई टाट पल्टिएको घोषणा गर्छन्। श्रीलंकापछि विभिन्न १२ देश यो संकटको सन्निकट रहेको एक रिपोर्ट अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको छ।

युक्रेनमा रुसले आक्रमण गरेपश्चात बैदेशिक व्यापार ठप्प भएको छ । देशमा आर्थिक गतिविधि नै बन्द भएका छन् । युक्रेनले पनि वैदेशिक ऋण तिर्न सक्ने क्षमता गुमाउँदै गएको विज्ञहरुले चेतावनी दिएका छन्। एक सरकारी युक्रेनी कम्पनीले वैदेशिक ऋण तिर्ने भाका दुई वर्ष बढाउन माग गरेको छ।