काठमाडौं । भारत प्रशासित जम्मु–कश्मीरमा रहेको हिन्दू धार्किकस्थल अमरनाथमा आएको आँधी र वर्षाका कारण कम्तीमा १५ जना तीर्थयात्रीको मृत्यु भएको छ। वर्षासँगै आएको बाढीमा परेर ४० जना बेपत्ता भएका जनाइएको छ।
अमरनाथ गुफा नजिकै ‘बादल फाटेर’ भारी वर्षा हुँदा आएको बाढीले तीर्थयात्रीहरु बगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।