• फाल्गुन २६ २०८२, मंगलवार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे गोली लागेर ढलेको भिडियो भाइरल

असार २४ २०७९, शुक्रबार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा अचेत छन् । आक्रमणपछि घटनास्थलका केही भिडिओ पनि भाइरल भएका छन् ।

शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले उनलाई पछाडिबाट गोली हानिएको जनाएको छ। गोली लागेर गम्भीर घाइते शिन्जो आबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ।