• फाल्गुन २६ २०८२, मंगलवार

बुर्किना फासोमा संदिग्ध जिहादीद्वारा कम्तीमा पचास जनाको हत्या

जेष्ठ ३१ २०७९, मंगलवार

उगादुगुउ। उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिएका छन् । जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्ये एक हो ।

शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको बिल्गोले बताएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले थप जानकारी दिएका छन ।

पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलन भनेका छन् । ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ । यसले घटनाको निन्दा गर्दै ‘यस हत्याको परिस्थितिमा प्रकाश पार्न’ आह्वान गरेको छ ।

यस क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेर करिब तीन हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन्।भूपरिवेष्ठित सहेल राज्य सात वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा छ जसले दुई हजार भन्दा बढीको ज्यान लिइसकेको छ र करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।