• फाल्गुन २६ २०८२, मंगलवार

जसपा निकट प्रगतिशील नेपाली समाज लुधियानाको संगठन विस्तार

जेष्ठ २८ २०७९, शनिबार

नयाँदिल्ली । जनता समाजवादी पार्टी निकट प्रगतिशील नेपाली समाज समिति भारत पन्जाब राज्य अन्तर्गत लुधियानामा संगठन विस्तार गरिएको छ ।

सो संगठनका केन्द्रीय सदस्य प्रेम विकको विषेश उपस्थिति, दिपक, साउद, रमेश र चन्द्रको पहलमा लुधियाना जिल्ला समिति पूर्नगठन गरिएको हो ।

जस अनुसार अध्यक्षमा दीपक साउद उपाध्यक्षमा किसन मंगोला, कोषाध्यक्षमा रमेश चन्द, सचिवमा तेजराज दाहाल, सहसचिवमा शंकरसिंह साउद र सदस्यहरूमा प्रेमसिंह साउद, नैनसिंह बोहरा, रामसिंह साउद, दिपक मंगोला, वीर साउद रहेका छन् ।

यतिखेर जसपा निकट प्रगतिशील नेपाली समाज समिति भारतले संगठन विस्तारमा भारतभर तिब्रता दिएको छ । प्रगतिशील नेपाली समाज समितिले आगामी भदौ महिनामा राष्ट्रिय भेला गर्दैछ ।