• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकामा हिंसा बढ्दै, आज नै सैनिक अधिकारी सहित ३ जना मारिए

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । अमेरिकाको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो ।

राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरिल्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन् ।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २ः३० बजे बाल्टमोर शहरबाट करिब ७५ माईल टाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् ।

यो वर्ष अमेरिकामा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एकसय १० गोलीबारी भएका छन् ।