• श्रावण १० २०८३, आईतवार

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो

जेष्ठ २६ २०७९, बिहीबार

नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।

ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ ।