• मंसिर ८ २०८१, शनिबार

कर्णाली प्रदेशका अस्पतालमा औषधी अभाव, विरामीलाई सास्ती

जेष्ठ २४ २०७९, मंगलवार

कर्णाली । सुर्खेत प्रदेश अस्पतालमा औषधी अभाव हुन थालेको छ । प्रदेश अस्पतालमै औषधी अभाव हुने गर्छ भने दूर दराजका गाउँका स्थानीयले कसरी औषधी उपचार गर्छन् भन्ने गुनासो स्थानीयको छ ।

प्रदेश अस्पतालमा सिटामोल र जीवनजल पाउँदैन । वर्षायामको मौसम सुरु भएसंगै ज्वरो र पखलाको समस्याले धेरै जसो मानिसहरू विरामी हुने गर्दछन् ।

जाजरकोट जिल्लाबाट आउनु भएको एक बिरामीको कुरुवा अस्पतालमा औषधी न पाउँदा बढी दुःख पाएको बताए । यो समस्या वा कसको कमि कमजोरी हो समयमै सम्बन्धित निकायको ध्यााकर्षण होस् भन्ने स्थानीयहरुको भनाइ छ ।

फार्मेसी सञ्चालकसँग कुरा गर्दा फार्मेसीवाला समेत औषधी नरहेको बताउछन् । औषधी सक्नु भन्दा चार दिन अगाडिनै जानकारी दिएको तर औषधी नआएको फार्मेसीवालाको भनाइ छ ।