• फाल्गुन २६ २०८२, मंगलवार

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

जेष्ठ २३ २०७९, सोमबार

लन्डन, २३ जेठ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।

हाल उनि अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनिप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।