• फाल्गुन २६ २०८२, मंगलवार

भारतका अभिनेता धर्मेन्द्र एकाएक अस्पताल भर्ना, के भयो उनलाई ?

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । भारतका अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएका कारण उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ ।

यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै पनि आधिकारिक जानकारी दिइएको भने छैन । उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ । अघिल्लो महिना पनि भर्ना भएका थिए ।

अघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए । यसमा उनले थोरै लापरवाहीका कारण समस्या देखिएको बताएका थिए । अब एकपटक पुनः ८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिएको छ ।

धर्मेन्द्रले करण जोहरको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । धर्मेन्द्रले अघिल्लो महिना बिरामी भएर निको भएपछि सुटिङ सुरु गरेका थिए । तर अहिले भने उनको स्थिति नाजुक बताइएको छ ।

एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए । यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

केही दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसबारे अभिनेता आफैँले सोसल मिडियामार्फत् जानकारी दिएका थिए ।