• फाल्गुन २६ २०८२, मंगलवार

श्रीलङ्काले कोभिड–१९ का लागि छुट्ट्याइएको सामाजिक सुरक्षा कोष प्रयोग गरी औषधि आयात गर्ने

जेष्ठ २० २०७९, शुक्रबार

श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिएका छन ।

आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिएका हुन ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट सङ्कलन गरिएको कोभिड–१९स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाकोषमा रहेको अनुमानित छ लाख अमेरिकी डलर प्रचलनमा ल्याई आर्थिक सङ्कटका कारण औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

दक्षिण एसियाली मुलुकमा यो महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उनले बताए ।

श्रीलङ्का विदेशी मुद्रा अभावका कारण स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा रहेको छ । यहाँ आर्थिक सङ्कटका कारण औषधि, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ ।