काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले टेलिभिजनका महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।
तर आइतवार, तालिबानको दुर्गुण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला समाचारवाचिकाहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि यो नीतिलाई ‘अन्तिम र गैरवार्ता गर्न नसकिने’ घोषणा गरेको थियो ।
अफगानिस्तानको टोलोन्युजका टिभी कार्यक्रम प्रस्तोता सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’
अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् ।
‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, ‘अबगकभ इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’
तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ । जे भए पनि आफू अनुहार छोप्ने आदेशले फसेको नियाजी महसुस गर्छिन् ।
एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिबानको आदेश प्राप्त गरेको पुष्टि गरे । तर, आइतवार यो छलफलको लागि नभएको बताएपछि यसलाई कार्यान्वयन गर्न बाध्य पारिएको उनको भनाइ थियो ।