• फाल्गुन २६ २०८२, मंगलवार

चीन–पाकिस्तान आपसी सम्बन्ध थप बलियो बनाउन सहमत

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । पाकिस्तान र चीनले आपसी मित्रतालाई अझै अगाडि बढाउने विषयमा सहमति गरेका छन् । दुवै देशले परम्परागत मित्रतालाई निरन्तरता दिने र कुनै तेस्रो शक्तिलाई सम्बन्ध तोड्न नदिने बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

रेडियो पाकिस्तानको रिपोर्ट अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीबीच भएको भर्चुअल भेटलाई उल्लेख गर्दै चाओ लिजियानले दुई नेताले रणनीतिक साझेदारी र सहयोगलाई अझ सुदृढ गर्न सहमत भएको बताएका छन् ।

उनले पाकिस्तानमा नयाँ सरकार आएपछि दुई विदेशमन्त्रीबीचको यो पहिलो भेट भएको बताए । जसमा पाकिस्तानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाबारे पनि छलफल भएको थियो ।

चाओ लिजियानले पाकिस्तानमा जुनसुकै सरकार आए पनि पाकिस्तानसँग मित्रता कायम रहने बताए । उनले पाकिस्तानका विदेशमन्त्रीले आफ्नो सम्बोधनमा चीन–पाकिस्तान मित्रता देशको विदेश नीतिको आधारशिला भएको कुरा दोहोर्याएको बताए ।