• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकी प्रतिबन्धका बिच कोरियाले परिक्षण गर्यो अर्को मिसाइल

बैशाख २४ २०७९, शनिबार

उत्तर कोरियाले शनिबार आफ्नो पूर्वीतटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

तीन दिनअघि पनि प्योङयाङले पूर्वीतटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ ।

‘उत्तर कोरियाले पूर्वी सागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले भने । जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ ।

यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५औं हतियार परीक्षण हो । अन्तराष्ट्रिय प्रतिबन्धका बीच पनि उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमलाई तीब्रता दिएको छ ।

अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ । अमेरिकाले उत्तरले आणविक हतियार नष्ट गर्नुपर्ने प्रस्ताव राखेको छ भने उत्तरले अमेरिकाको सो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आएको छ । अमेरिका आफूले आणविक

हतियार निर्माण गर्न र विक्री गर्न हुने तर हामीले चाहिँ गर्न नहुने भन्दै प्रश्न उठायँदै आएको छ ।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।