• फाल्गुन २६ २०८२, मंगलवार

भ्रष्टाचारको आरोपमा म्यान्मारकी नेतृ सुकीलाई थप पाँच वर्ष जेल सजाय

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। म्यान्मारकी नोबल शान्ति पुरस्कार विजेता प्रजान्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा एउटा अदालतले थप पाँच वर्ष जेल सजाय सुनाएको छ।

सैन्य शासनमा रहेको एउटा अदालतले बुधवार एक गोप्य सुनुवाइपछि नेतृ सुकीलाई थप पाँच वर्ष जेल सजाय सुनाएको हो।

म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा उनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ।

उनलाई थप पाँच वर्ष जेल सजाय तोकिएको छ। योसँगै उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।

सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ। तर ,उनले सबै आरोपहरू अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरूले भने अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताएका छ।

उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको आरोप लगाएका छन्।

यी सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्।

यता म्यान्मारको सैन्य शासकले भने सूचीले निष्पक्ष सुनुवाइ पाएको दाबी गरेको छ।