काठमाडौं । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि विभिन्न पार्टीहरुले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइ रहेका छन् ।
यसैबिच कालिकोटमा पनि माओवादी केन्द्रको तर्फबाट खाँडाचक्र नगर समितिमा मेयर, उपमेयर र वडाअध्यक्षहरुका थुप्रै आकांक्षीहरु देखापरेका छन् ।
मेयर पदका लागि पार्टीका प्रदेश समिति सदस्यहरु र जिल्लास्तरीय नेताहरुले दावी पेस गरेका छन् भने उपमेयरमा युवा नेता तथा पार्टी उपत्यका विशेष प्रदेश समिति सहसचिव गोगनबहादुर मल्ल (युनाइटेड)ले सो पार्टीबाट दावी पेश गरेका छन् ।
उनी माओवादी जनयुद्ध घोषणा गरेपछि पार्टीमा आवद्ध भइ जनमुक्ति सेनामा भर्ति भइ सदस्यदेखि कमाण्डरसम्मको भूमिकामा रही गणतन्त्र ल्याउने कार्यमा महत्वपूणर् भूमिका खेल्नेमा पर्दछन् !
पार्टी शान्ति सम्झौतामा आइसकेपछि मल्ल वाइसीएल नेपालको केन्द्रीय सचिव, कर्णाली प्रदेश इञ्चार्जहुँदै पार्टीमा जिल्ला समिति सचिवालय सदस्य, नगर सहइञ्चार्ज हुँदै पार्टीको उपत्यका विशेष प्रदेश सहसचिवको जिम्मेवारीमा छन् ।
हालसम्म उनको पहलमा कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा विकास निर्माणका थुप्रै कामहरु भएका छन् भने विपन्न परिवारलाई हरेक समयमा खाद्यान्न लगायत विभिन्न उपयोगी सामाग्रीहरु सहयोग गर्दै उनीहरुको हकहितका लागि कामहरु गर्दै आएका छन् ।
उनले यतिबेला उपमेयरमा उम्मेदवारी घोषणा गरेका छन् । उपमेयरमा माओवादी केन्द्रबाट अरुको उम्मेदवारी नपरेकाले उनी उपमेयरका लागि संभवतः एक्ला उम्मेदवार हुनेछन् ।